सामाजिक सञ्जालमा अनफलो ‘लुसिफर राइजिङ: बालेन शाहको लोकप्रियता घट्दै, युवा पुस्तामा शंका र आलोचना

काठमाडौँ — सामाजिक सञ्जालमा ‘लुसिफर’को उपमा पाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियता घट्दै गएको देखिएको छ। प्रारम्भमा युवा र जेन जेड मतदाताबीच अत्यधिक लोकप्रिय बनेका बालेनप्रति अहिले शंका र आलोचना बढ्दै गएको छ।

२०८० सालमा ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत रिमिक्स गरेर गायक तथा युवा नेता बनेका बालेन शाहलाई केही विश्लेषकहरूले अराजक र रहस्यमय शैलीको कारण ‘लुसिफर राइजिङ’ उपमा दिएका छन्। लेखक तथा राजनीतिक विश्लेषक सौरभले टेलिभिजन अन्तर्वार्तामा बालेनको पोशाक, शैली र कार्यशैलीलाई आधार मान्दै यस्तो विश्लेषण प्रस्तुत गरेका थिए।

सौरभका अनुसार बालेनको कालो चश्मा, कालो पोशाक, सार्वजनिक सभा तथा सामाजिक सञ्जालमा दिइने अमर्यादित अभिव्यक्तिहरू र नेपथ्यबाट हुने गतिविधिहरूले उनलाई ‘अराजक, खतरनाक र रहस्यमय’ नेता बनाएको छ। यसले सामाजिक सञ्जालमा बालेनको बहिष्कार अभियानलाई पनि गति दिएको छ।

विशेषज्ञहरूको विश्लेषण अनुसार, बालेनको प्रारम्भिक लोकप्रियता र युवापुस्ताको उत्साहमा गिरावट आएको प्रमुख कारण उनले जेन जेडको आन्दोलन हाइज्याक गरेको, वाह्य दबाबमा संसद विघटन गराएको, र सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएको जस्ता घटना हुन्।

सामाजिक सञ्जालमा ‘लुसिफर’को अर्थले संकेत गर्ने दुष्ट आचार र अराजकता जस्ता विशेषताहरूले बालेनको छवि प्रतिकूल प्रभावमा परेको विश्लेषकहरूको निष्कर्ष छ। यो उपमा र बहिष्कार अभियानले बालेनको भविष्य राजनीतिक करियरमा चुनौती थप्ने संकेत दिएको छ।

को हो लुसिफर ?
ख्रीष्टियन धर्मशास्त्रमा लुसिफरलाई पतन भएको शैतान मानिन्छ। उनी अहंकार र पापसँग जोडिएका छन् र भगवानको सिंहासन कब्जा गर्ने प्रयास गर्दा स्वर्गबाट निस्काशित भएको विश्वास गरिन्छ। केही सम्प्रदायहरूले लुसिफरलाई स्वतन्त्रताको प्रतीकका रूपमा पूजा गर्न थालेका छन्। ग्नोस्टिक र फ्रीमेसन जस्ता समूहले लुसिफरको पूजा गर्ने गरेको वताईन्छ।

रोमन लोककथामा लुसिफरलाई ‘प्रकाश ल्याउने’ ग्रह शुक्रको रूपमा चित्रण गरिएको थियो। प्रायः उनलाई मशाल बोकेको पुरुषको रूपमा व्यक्त गरिएको छ। ग्रीक भाषामा यसलाई ‘प्रकाश ल्याउने’ वा ‘बिहानी ल्याउने’ भनिन्थ्यो। रोमन कवि ओविडले उनको काव्यमा स्वर्गमा ताराहरू क्रमबद्ध गर्ने जिम्मेवारी लुसिफरले पाएको उल्लेख गरेका छन्।

लुसिफरलाई अहंकारको प्रतीक र शैतानको रूपान्तरणको रूपमा व्याख्या गरिएको छ। आजको लोकप्रिय संस्कृति र सञ्चारमा लुसिफरलाई प्रायः आकर्षक, जटिल र कहिलेकाहीं सहानुभूतिपूर्ण पात्रको रूपमा देखाइन्छन। उनलाई विद्रोही फरिश्ता, बुद्धिमान, र नैतिक द्विविधामा परेको पात्रको रूपमा चित्रित गरिन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट