‘सांसदको शोअफ’ गर्न थालेपछि ज्ञानेन्द्र शाहीलाई एभरेष्ट होटलका म्यानेजरले ‘गेटआउट’ भन्दै निकाले

काठमाडौँ— युट्युवर वोलाएर सांसद भएको सोअफ गर्न थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट निकालिएको खुलासा भएको छ। उनलाई होटलका म्यानेजरले ‘गेटआउट’ भन्दै वाहिर निकालेको स्रोतको दावी छ।

होटलका स्रोतका अनुसार शाहीले होटल प्रवेश गरी युट्युबरहरूसँग अन्तर्वार्ता रेकर्ड गर्न थाले पछि विवाद सुरु भएको थियो। त्यसबेला होटलको रेष्टुरेन्टमा विदेशी पर्यटक र अन्य ग्राहकको भीड थियो। प्रत्यक्षदर्शीका अनुसार, शाहीको अन्तरवार्ताका कारण वस्ने ठाउँको समेत अभाव भएको थियो। उनका मानिस र युट्युवरले सोफा ओगटेका थिए। एकछिन रेष्टुरेन्ट नै भद्रगोल भएको थियो।

अन्तर्वार्ता सुरु भएको केही मिनेटमै होटलका एक कर्मचारीले ‘यहाँ भीडीओ खिच्नु अघि अनुमति लिनुपर्छ’ भन्दै शाहीलाई सम्झाए। तर शाही आफू सांसद भएको दाबी गर्दै सोफामा गएर बसे। त्यसपछि होटलका म्यानेजर आफैं आएर शान्तिपूर्वक सम्झाउने प्रयास गरे। म्यानेजरले भने, ‘अनुमति बिना यहाँ अन्तर्वार्ता खिच्न पाइँदैन। हाम्रो नियमले कोही सांसद चिन्दैन। नियम नमान्ने भए जान सक्नुहुन्छ।’

शाही र म्यानेजरबीच केही बेर भनाभन भएको थियो। सो क्रममा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका एक नेता पनि त्यहाँ पुगे र व्यङ्ग्य गर्दै भने, ‘यतिखेर संसद नै छैन, कहाँका सांसद रहेछन!’

यही क्रममा शाही होटलबाट बाहिरिएको जनाईएको छ। निस्कँदै गर्दा उनले ‘खतम रहेछ यो होटल, अस्ति यहाँ आगो लगाउनुपर्ने रहेछ’ भन्दै धम्की दिएको पनि जनाईएको छ। त्यस विषयमा म्यानेजरले उनिसँग थप प्रष्टिकरण मागेका थिए। त्यसपछि उनी केही नबोली निस्किएका थिए।

स्रोतका अनुसार शाही यसअघि पनि सोही होटलमा युट्युबरहरूको भीड लगाउने गर्थे र कर्मचारीहरूले पटक–पटक सम्झाए पनि बेवास्ता गरिरहेका थिए। पछिल्लो घटनापछि होटल व्यवस्थापनले शाही पुनः आउँदा निगरानीमा राख्न निर्देशन दिएको छ।

शाहीले भने, होटलमा भएको सामान्य छलफललाई लिएर आफनो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट