अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन

काठमाडौँ— सामाजिक अभियान्ता ईः ईः ले जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठनका क्रममा भएका कतिपय असफल प्रयासहरुको खुलासा गरेका छन्। उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानमन्त्री र काठमाडौँको नगरप्रहरीका प्रमुख राजु पाण्डेलाई गृहमन्त्री बनाउने प्रयास असफल भएको फेहरिस्त खुलाएका छन्।

उनका अनुसार, भदौ २४ गते पहिलो प्राथमिकतामा बालेन्द्रलाई प्रधानमन्त्री बनाएर ‘गोलमेच’ बोलाउने योजना थियो। तर, सोचभन्दा निकै विकराल परिस्थितिले बालेन्द्रलाई पछि हट्न बाध्य बनाएको थियो। दोस्रो प्राथमिकतामा हिरासतमा रहेका रास्वपाका सभापति रबि लामिछाने थिए। तर परिस्थिति र विरोधले उनको ओज कम गरिदियो। त्यसपछि भदौ २५ गते कल्याण श्रेष्ठलाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रयास गरियो, तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकृत भएन।

ईः ईः का अनुसार, यी प्रारम्भिक प्रयासहरू त्यति ठूलो वृत्तमा थिएनन्। निर्मल निवासदेखि राजनीतिक दलका अधिकांश नेता र शक्तिकेन्द्रहरू यसबाट वेखवर थिए। त्यसपछि, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि ल्याईयो। जस्ले सर्वस्वीकार्य र सवैको विश्वाशिलो विकल्पका रूपमा आफूलाई स्थापित गरिन्। उनले नै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका तत्कालिन कानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याललाई गृहमन्त्रीका रुपमा अगाडि सारिन। आफुलाई प्रधानमन्त्री बनाउन अर्यालले खेलेको भुमिकाका कारण उनलाई मन्त्री बन्ने वाटा तयार पारेको ईःईःको तर्क छ।

उनका अनुसार, बालेन्द्र र उनका समर्थकहरूले गृहमन्त्रीमा राजु पाण्डेलाई नियुक्त गर्ने प्रयास गरेका थिए, नभए मीरा चौधरीलाई विकल्पको रूपमा अघि ल्याउने योजना बनाइएको थियो। तर, सफल हुन सकेन।

उनले पछिल्लो समय भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चलिरहेको कुरालाई पनि उठाएका छन्। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट रहेको छ। स्ट्याटसमा ईः ईः ले औंल्याएअनुसार, भदौ २३ र २४ का घटनाहरूमा अपराधीहरूले उचित सजाय पाउनुपर्छ। आम नागरिकको हक, जवाफदेहिता र न्याय सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनी बताउँछन्।

ईः ईः का अनुसार, रगत बगाएर र देश जलाएर गरिने राजनीतिले कसैको भलो हुँदैन। सत्य बोल्न खतरा भए पनि, यसको सामना गर्नुपर्छ। उनी फेसबुक स्ट्याटसमा स्पष्ट लेख्छन्, ‘यदि यतिको सत्य बोल्दा ज्यानै खतरामा छ भने, होस् खतरा होस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट