दाइजो विवादमा पत्नीको हत्या गरी फरार रहेका साहजिम अन्सारी चार वर्षपछि पक्राउ
 
 
													वीरगञ्ज— दाइजोको विषयमा आफ्नै पत्नीको हत्या गरी चार वर्षदेखि फरार रहेका पर्साको वीरगन्ज महानगरपालिका–१७ का २५ वर्षीय साहजिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।
अन्सारीलाई प्रहरीले बिहीबार उनकै घरबाट पक्राउ गरेको हो। उनीमाथि २०७८ वैशाख ३ गते आफ्नी २२ वर्षीया पत्नी रबिना खातुनलाई निरन्तर मानसिक यातना र कुटपिट गरी हत्या गरेको आरोप थियो।
घटनापछि अन्सारी फरार रहेका थिए। प्रहरीले लामो खोजीपछि उनलाई पक्राउ गरी पर्सा जिल्ला अदालतको आदेशअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
पर्सा प्रहरीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार अदालतले अन्सारीलाई कर्तव्यज्यान मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ।
स्थानीयले घटनालाई घरेलु हिंसाको चरम रूपका लिएका छन्। प्रहरीले हाल अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गर्ने तयारी गरेको जनाएको छ।

 शीर्ष खबर
								शीर्ष खबर 							
 
  
  
  
  
  
  
 