गायिका ज्योति मगरको छुचो मुखः गगन–योगेश ‘पढेलेखेका मूर्ख’, देशभन्दा पार्टी नेतृत्वमा बढी चिन्ता

काठमाडौँ— गायिका ज्योति मगरले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता योगेश भट्टराईलाई ‘पढे–लेखेका मूर्ख’ भन्दै, उनीहरूलाई देशको हितभन्दा शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वमा वसेकोमा बढी चिन्ता रहेको आरोप लगाएकी छिन्।

उनको फेसबुकमा स्ट्याटस लेख्दै पुस्तान्तरणको नाममा गगन थापाले कांग्रेसमा सभापति बन्न गरेको हतारो र योगेश भट्टराईले केपी ओली नेतृत्वबाट हट्नुपर्छ भन्दै गरेको एकोहोरो आलोचनालाई ब्यक्तिगत स्वार्थको रुपमा टिप्पणी गरेकी छिन्।

‘गगन थापाजी र योगेश भट्टराई जीले मिलेर अर्को पार्टी खोल्दा कसो होला? अध्यक्ष गगन थापा, महासचिव योगेश भट्टराई, बाकी पदाधिकारी थप्दै जाऔं।’ उनले लेखेकी छिन्,–‘यी पढे–लेखेका मूर्खहरू देशको चिन्ता भन्दा पनि पार्टीको अध्यक्षतामा देउवा र ओलीको वढ्ता चिन्ता गर्छन्। एउटा कार्यक्रममा त गगन थापा, योगेश भट्टराई र रामकुमारी झाक्री हामी तीन जना नै एमसीसीवादी हो भनेर हास्दै थिए।’

ज्योतिले तीनै जनालाई अवसरवादी भन्दै आलोचना गरेकी छिन्। ‘यी न काङ्ग्रेसवादी न एमालेवादी न जनवादी न राजाबादी। मलाई अवसरवादी लाग्छन्। छुचो मुख छ, फेरि गाली खाइने हो।’– उनले भनेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट