सप्तरीमा हात्तीको आक्रमणमा धान रुघ्न खेतमा वसेका ६५ वर्षीय खंगको मृत्यु
राजविराज — सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका–५, पिप्रापूर्वका ६५ वर्षीय नारायण खंगको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार खङ राति घरबाट करिब २ किलोमिटर टाढा रहेको खेतमा धान रुघ्न गएका थिए। त्यसैक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले खंगलाई आक्रमण गरेको थियो।
उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जंगली जनावरको बढ्दो आवतजावतले मध्यवर्ती क्षेत्र र आसपासका किसान पछिल्लो समय आतंकित छन्।
प्रतिक्रिया

