यसरी सिँधै कार्यालयभित्र पसेर सरकारी अधिकृतको अनुहारमा मलमुत्र दल्ने को हुन ? (भीडीओसहित)

काठमाडौँ– धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट युवा संगठनले राष्ट्रिय आवास कम्पनीका पुनर्वास अधिकृत महेन्द्र थापामाथि जनकारवाही भदै कार्यालयमै पसेर अनुहारमा दिसापिसाव दलेको छ।

यो ‘जनकारबाही’ले प्रशासनदेखि राजनीतिक वृत्तसम्म हलचल पैदा गरेको छ। पाँच नम्बर ब्युरोका दर्जनौँ कार्यकर्ताको समूह सोमबार बिहान कार्यकक्षमै पसेर थापामाथि मलमुत्र दलेर कारबाही गरेको हो। घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा फैलिएको छ, जसले राज्य संयन्त्रभित्रै सुरक्षा जोखिम र कर्मचारीको आत्मगौरवबारे ठूलो प्रश्न खडा गरेको छ।

युवा संगठनले थापामाथि पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ हिनामिना, अनियमितता र जग्गा–दलालीको गम्भीर आरोप लगाएको छ। उनीहरूका अनुसार ‘जनताको नाममा लुटपाट गर्नेहरू’ कागजी फाइल र कागजी कारबाहीबाट बच्छन् भन्ने सोचले नै यस्तो चरम असन्तुष्टि जन्माएको हो। उनीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ— ‘अब फाइल र निवेदनले होइन, त्यो भन्दा कडा जवाफ दिनुपर्ने अवस्था आएको छ।’

संगठनले यो ‘मल–मुत्र कारबाही’लाई भ्रष्टाचारविरुद्धको प्रतीकात्मक तर कठोर चेतावनीका रूपमा पेश गरेको छ। राज्य संयन्त्र कब्जा गर्ने कमिसनखोर, दलाल र ठेकेदार–माफियालाई ‘क्रमिक रूपमा जनकारबाहीको दायरामा ल्याइने’ संगठनको चेतावनीले आगामी दिनमा थप उग्र घटनाको संकेत गरेको छ।

घटनापछि कर्मचारी संगठन, सरकारी तन्त्र र सुरक्षामैत्रिक निकायमा चर्को आक्रोश देखिएको छ। सरकारी कार्यालयभित्र सुरक्षित रूपमा काम गर्ने वातावरण नै खतरामा परेको भन्दै कर्मचारीहरूले सरकारसँग कडा सुरक्षा माग गरेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन— राज्य संयन्त्रले स्वतन्त्र र निष्पक्ष रूपमा भ्रष्टाचार अनुसन्धान गर्न नसक्दा, सडकनै ‘अनौपचारिक न्यायालय’ बन्न थालेको छ। यसले प्रशासनिक संरचनाप्रति रहेको जन आक्रोश र अविश्वास स्पष्ट देखाउँछ।

यो घट्ना केवल एक अधिकृतमाथिको अपमान मात्र होइन, राज्यको कानूनी शासनमाथि उठेको गम्भीर प्रश्न हो।

@sheershakhabarnews.com

नेकपा (बहुमत)का युवाले राष्ट्रिय आवास कम्पनीका हाकिम महेन्द्र थापामाथि कार्यकक्षमै मलमुत्र दले

♬ original sound – Sheersha Khabar – Sheersha Khabar


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट