नोवेल मेडिकल कलेजको पाँचौ तलाबाट हामफाल्दा सप्तरीका इन्टर्न डाक्टरको मृत्यु

राजविराज— मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस इन्टर्न गर्दै आएका सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादवको आइतबार बिहान अस्पताल भवनबाट हामफाल्दा मृत्यु भएको छ।

मोरङ प्रहरीका अनुसार यादवले बिहान करिब साढे ६ बजे मेडिकल कलेजको पाँचौँ तलाबाट हामफालेका थिए। टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्काल इमर्जेन्सी कक्षमा पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालले जानकारी दिईन। अमित सोही मेडिकल कलेजमा १०औँ ब्याच एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए।

अस्पताल परिसरमै भएको यो घटनाले मेडिकल कलेजभित्र सनसनी फैलिएको छ। इन्टर्न डाक्टरको मृत्यु भएपछि सहकर्मी, विद्यार्थी र अस्पताल प्रशासन स्तब्ध बनेका छन्। घटनास्थल वरपर सुरक्षा सतर्कता बढाइएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको छ। उनले कसरी र किन पाँचौँ तलाबाट हामफाले भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणमा उनले मनोरोगको औषधी सेवन गर्ने गरेको पाईएको डीएसपी चुँडालले जानकारी दिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट