उदयपुरमा जङ्गली हात्तीको आतंकः २ दिनमा १२ घरमा क्षति, स्थानीय त्रसित

गाईघाट– उदयपुरमा पछिल्ला दुई दिन (पुस ७ र ९) मा त्रियुगा नगरपालिका क्षेत्रका तीनवटा वडामा जङ्गली हात्तीको आक्रमणले स्थानीय बासिन्दा त्रसित भएका छन्। वडा नम्बर ५ को बेलचौरी, वडा नम्बर ६ को मोहनपुर र वडा नम्बर ७ को चकलघाटमा हात्तीले क्षती गरेका छन्।

हात्तीले घर भत्काउने, अन्नपात तथा खानेपानीको पाइप नष्ट गर्ने काम गरेका छन्। जसमा १ लाख ४० हजार मुल्य वराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीले वडा नम्बर ५ का ३७ वर्षीया रेवती सदा, ४१ वर्षीय बृहस्पती सदा, ६४ वर्षीया विजय सदा, ७७ वर्षीय गणेश बहादुर बुढाथोकी, ५० वर्षीय रुद्र पोखरेल, ४५ वर्षीय विष्णु भुजेल र ४६ वर्षीया मनकुमारी राईको घरमा क्षती गरेको छ।

यसैगरी, वडा नम्बर ६ का ५५ वर्षीया बिन्दा परियार, वडा नम्बर ७ का ७८ वर्षीया नर्बदा कार्की, ४९ वर्षीय मानबहादुर बिक, ४३ वर्षीया गंगामाया कार्की र ५२ वर्षीय राजन कार्कीको घरमा पनि हात्तीले आक्रमण गरी क्षती पुर्याएको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमण वढेपछि स्थानीय बासिन्दा मानसिक रूपमा असुरक्षित महसुस गरिरहेका छन्। उनिहरूले अन्नपात, घर र खानेपानीका क्षती हुँदा, तत्काल राहत र सुरक्षाको व्यवस्था आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट