कोलेनीकाका अधिकृत मैनालीलाई जेल नभएपछि एक युवतीद्वारा अदालत परिसरमै विष सेवन

काठमाडौं — उच्च अदालत पाटन परिसरमा बिहीबार एक युवतीले किटनाशक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छन्। अदालत परिसरमै भएको उक्त घटनाले केही समय तनावपूर्ण अवस्था सिर्जना गरेको थियो।

प्रहरी स्रोतका अनुसार करिब ३० वर्षीया ती युवतीले अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै आत्महत्याको प्रयास गरेकी हुन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको एक मुद्दामा उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सो आदेश सार्वजनिक भएपछि युवतीले विषादी सेवन गरेको बताइएको छ। विष सेवन गरेलगत्तै अदालत परिसरमा रहेका सुरक्षाकर्मी र कर्मचारीले उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल पु¥याएका थिए। अस्पतालमा उनको उपचार भइरहेको छ भने अवस्था सामान्य हुँदै गएको जनाइएको छ।

यसअघि सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले पनि प्रतिवादी मैनालीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यस आदेशविरुद्ध परेको विषय उच्च अदालत पाटनमा पुगेको थियो। उच्च अदालतले समेत धरौटीमा रिहा गर्न आदेश दिएपछि युवती अदालत परिसरमै पुगेकी थिइन् र निर्णयपछि आत्महत्याको प्रयास गरेकी हुन्।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट