मदन भण्डारी राजमार्गको उदयपुरस्थित ‘ब्ल्याक स्पट’ मा ट्रकले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु

गाईघाट– मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको नेपालटार–गाईघाट सडकखण्डस्थित उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा मालवाहक ट्रकले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

नारायणघाटबाट सामान बोकेर गाईघाटतर्फ आउँदै गरेको बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालवाहक ट्रक उक्त स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनाका क्रममा ट्रकले दुई जनालाई किच्दा उनीहरूको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थल अत्यन्तै भयावह बनेको छ। ट्रकले किचेका शवहरू गम्भीर रूपमा क्षतविक्षत भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।

उनका अनुसार ट्रकले किचिएका दुई जनाको शव अत्यन्तै बीभत्स अवस्थामा रहेको छ। दुर्घटना भएको अँधेरी क्षेत्रलाई ट्राफिक प्रहरीले पहिलेदेखि नै ‘ब्ल्याक स्पट’का रूपमा चित्रित गरेको हो। यहाँ पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन्।

असहज मोड, ओरालो सडक र लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण यो खण्ड जोखिमपूर्ण मानिँदै आएको छ। ट्राफिक प्रहरीले सतर्कता अपनाउन सूचना बोर्ड राखे पनि दुर्घटना रोकिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट