सप्तरीमा ४ सिटका लागि १०५ उम्मेदवार : २ हजार ५ सय प्रतिशत बढीको प्रतिस्पर्धा
राजविराज — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँगै सप्तरीको राजनीतिक तापक्रम अभूतपूर्व रूपमा बढेको छ। चारवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा ४ जना सांसदका लागि १०५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
यसले सप्तरीको चुनाव केवल दल–दलबीचको प्रतिस्पर्धा मात्र नभई बहुकोणीय राजनीतिक संघर्षको केन्द्र बनेको छ। गणितीय हिसाबले हेर्दा ४ सिटका लागि १०५ उम्मेदवार हुनु भनेको आधारभन्दा १०१ जना बढी उम्मेदवारी हो। जसले उम्मेदवार संख्या २५ सय २५ प्रतिशतले बढिड भएको देखाउँछ। यो तथ्य आफैंमा सप्तरीको चुनाव कति पेचिलो र अनिश्चित छ भन्ने प्रमाण हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको यो भीडले सप्तरीको राजनीति परम्परागत दुई–तीन दलको सीमाबाट बाहिर निस्केर दल, विद्रोही र स्वतन्त्र उम्मेदवारको त्रिकोणात्मक टकरावतर्फ गएको स्पष्ट संकेत दिएको छ।
दलभित्रको असन्तुष्टि, टिकट वितरणप्रतिको असहमति र नयाँ राजनीतिक शक्तिको उदयले चुनावी मैदान झन् जटिल बनाएको छ।
क्षेत्रगत उम्मेदवार विवरण
निर्वाचन क्षेत्र १ — (२२ उम्मेदवार)
नेपाली कांग्रेसः रामदेव साह
नेकपा एमालेः सुमनराज प्याकुरेल
नेपाली कम्युनिष्ट पार्टीः सागर कुमार चौधरी, रबिन्द्र कुमार चौधरी
राष्ट्रिय प्रजातन्त्र पार्टीः सत्यजीत कुमार झा
नेपाल जनता पार्टीः दिपेन्द्र प्रसाद यादव
नागरिक उन्मुक्ति पार्टीः टिकालक्ष्मी चौधरी
जनमत पार्टीः जयकान्त राउत
जसपा नेपालः श्यामसुन्दर सरदार
नेपाल जनता संरक्षण पार्टीः खेमराज जैशी
स्वाभिमान पार्टीः सुमित कुमार
राष्ट्रिय स्वतन्त्र पार्टीः पुष्पा कुमारी चौधरी
राष्ट्रिय एकता दलः शम्भु प्रसाद देव
आम जनता पार्टी (एकल चिन्ह): कौशल साह
उज्यालो नेपाल पार्टीः हर्खनारायण चौधरी
स्वतन्त्रः उम्दा देवी सदा, लेखनाथ कुमार ठाकुर, रिजवाना खातुन, रामकुमारी खंग, मो। अमिन, संजय कुमार शर्मा, जगदेव सदा
निर्वाचन क्षेत्र २ — (३४ उम्मेदवार)
नेपाली कांग्रेसः रामकुमार यादव
नेकपा एमालेः मो. जियाउल रहमान
नेपाली कम्युनिष्ट पार्टीः सुर्यनाथ प्रसाद यादव
जनमत पार्टीः अध्यक्ष चन्द्रकान्त राउत
जसपा नेपालः उमेशकुमार यादव
राष्ट्रिय स्वतन्त्र पार्टीः रामजी यादव
नेपाल मजदुर किसान पार्टीः निलम कुमारी यादव
नेपाल जनता पार्टीः रन्जु कुमारी झा
जनता लोकतान्त्रिक पार्टीः बलराम प्रसाद यादव
उज्यालो नेपाल पार्टीः दिपक चौधरी
आम जनता पार्टी (एकल चिन्ह): सुनिलराज दास
नेपाल संघीय समाजवादी पार्टी (एकल चिन्ह): राजकुमार मण्डल
स्वाभिमान पार्टीः सतिशकुमार सिंह
राष्ट्र निर्माण दल नेपालः अफरोज आलम
श्रम संस्कृति पार्टीः त्रिभुवन खंग
सार्वभौम नागरिक पार्टीः दिप कुमार मण्डल
राष्ट्रिय मुक्ति पार्टी नेपालः अनिस अन्सारी
जनअधिकार पार्टीः शरदसिंह यादव
राष्ट्रिय प्रजातन्त्र पार्टीः अजय कुमार दास
स्वतन्त्रः पारशमणी यादव, जितेन्द्र कुमार यादव, साधना दास, विशेष्वर यादव, सन्तोष कुमार रजक, किसुनदेव राम, संजय कुमार चौधरी, बिनोदानन्द झा, सुशिला कुमारी साह, रामबिलास ठाकुर, अभिनास कुमार सिंह, अम्बिकादेवी साफी, बिन्दु कुमारी चौधरी, प्रेम कुमार यादव
निर्वाचन क्षेत्र ३ — (२२ उम्मेदवार)
नेपाली कांग्रेसः दिनेश कुमार यादव
नेकपा एमालेः ताराकान्त चौधरी
नेपाली कम्युनिष्ट पार्टीः अरुण कुमार साह
राष्ट्रिय स्वतन्त्र पार्टीः अमरकान्त चौधरी
नेपाल जनता पार्टीः सन्तोष कुमार चमन
जसपा नेपालः अध्यक्ष उपेन्द्र यादव
जनमत पार्टीः सुरेन्द्र प्रसाद शर्मा
उज्यालो नेपाल पार्टीः परमेश्वर लाल साह
नेपाल मजदुर किसान पार्टीः प्रभु प्रसाद साह
राष्ट्रिय प्रजातन्त्र पार्टीः उम्देश्वर प्रसाद साहु
राष्ट्रिय मुक्ति पार्टी नेपालः गजेन्द्र कुमार मण्डल
आम जनता पार्टी (एकल चिन्ह): धनिक लाल चौधरी
बहुजन एकता पार्टी नेपालः महादेव राम
श्रम संस्कृति पार्टीः जयनारायण मण्डल
स्वतन्त्रः प्रभुनारायण चौधरी, कौशल कुमारी चौधरी, ओमप्रकाश विश्वकर्मा, हरिनारायण पासवान, रजिया देवी सदा, सरिता कुमारी यादव, कोशिला देवी पासवान, दुबीलाल यादव
निर्वाचन क्षेत्र ४ — (२७ उम्मेदवार)
नेपाली कांग्रेसः तेजुलाल चौधरी
नेकपा एमालेः गंगा प्रसाद चौधरी
नेपाली कम्युनिष्ट पार्टीः रुबी कुमारी कर्ण
राष्ट्रिय स्वतन्त्र पार्टीः सिताराम साह
नेपाल जनता पार्टीः कोशल किशोर दास
नेपाल मजदुर किसान पार्टीः रामनारायण साह
जसपा नेपालः बाबी सिंह
जनमत पार्टीः जितेन्द्र कुमार साह
नागरिक उन्मुक्ति पार्टीः रमाकान्त चौधरी
राष्ट्र निर्माण दल नेपालः मो. जाकिर अली
नेपाली जनता दलः रामबाबु रजक
आम जनता पार्टी (एकल चिन्ह): अनिता कुमारी चौधरी
उज्यालो नेपाल पार्टीः विशो कुमार यादव
स्वतन्त्रः सनम कुमारी चौधरी, रामेश्वर मण्डल धानुक, सुनिल कुमार यादव, सन्तोष प्रसाद सिंह, सुरेन्द्र प्रसाद साह, केश्वर प्रसाद साह, श्यामसुन्दर साहु, किर्तिनन्द चौधरी, दुर्गा प्रसाद यादव, संजीब कुमार साह, शिबकुमार कापैर, बिनोद कुमार मण्डल, प्रेम कुमारी महरा
मतदाता र सुरक्षा व्यवस्थाः
जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख ४६ हजार ४०२ मतदाता छन्। पुरुष मतदाता २ लाख ३३ हजार ९६, महिला २ लाख १३ हजार २८३ र अन्य २३ जना। मतदानका लागि २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र तोकिएको छ। शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न ४ हजार २२२ जना निर्वाचन प्रहरी परिचालनको तयारी भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारको अत्यधिक भीड लोकतान्त्रिक अभ्यासका हिसाबले सकारात्मक भए पनि मत विभाजन तीव्र बनाउने भएकाले अन्तिम नतिजा अप्रत्याशित हुनसक्ने देखिन्छ।

