बलात्कार आरोपमा सप्तरीका २८ वर्षीय युवक पक्राउ

राजविराज– सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरीका २८ वर्षीय युवकलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ। एक महिलाले दिएको जाहेरीपछि फरार रहेका स्थानीय चन्दन मुखियालाई प्रहरीले धनपुरीबाट पक्राउ गरेको हो।

मुखियाविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएको छ। प्रहरीका अनुसार तिरहुत गाउँपालिका–१ धनपुरीका मुखियामाथि भदौ १९ गते २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।

घटना भएपछि उनी फरार रहेको र प्रहरीले खोजतलास गर्ने क्रममा गाउँकै धनपुरी क्षेत्रमा फेला पारी कानुनबमोजिम पक्राउ गरेको हो। पक्राउ परेका मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराएको थियो।

अदालतबाट म्याद थप भएपछि उनीविरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार भदौ २० गतेदेखि लागू हुने गरी अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी डीएसपी हेमराज घिमिरेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट