जेल बसेका ब्यक्तिलाई मन्त्री बनाएको आरोपमा थाईल्याण्डका प्रधानमन्त्री अदालतद्वारा बर्खास्त

काठमाण्डौं– जेल बसेका ब्यक्तिलाई मन्त्रिपरिषदमा नियुक्त गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थबिसिनलाई त्यहाँको संवैधानिक अदालतलले बर्खास्त गरेको छ। प्रधानमन्त्री भएको एक वर्ष पनि पुरा नभई ६७ वर्षीय थबिसिन बरखास्त भएका हुन।

थविसिन पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री हुन्। थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ। प्रधानमन्त्री थविसिनले २७ अप्रिलमा वकिल समेत रहेका सिनेटर पिचित चुएनबनलाई प्राधनमन्त्री कार्यालयको मन्त्री नियुक्त गरेका थिए।

विगतमा घुस लिने प्रयास गरेको आरोपमा ६ महिनाको सजाय सुनाइएका उनलाई मन्त्री बनाएपछि प्रधानमन्त्री थविसिनलाई पदमुक्त गर्न माग गर्दै करिब ४० सिनेटर अदालत गएका थिए। चुएनबनले १९ दिनमै पद छाडे। तर बुधबार नौ न्यायाधीशमध्ये ५ जनाले चुएनबनलाई मन्त्री नियुक्त गरेर नैतिकताको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरेको हो।

अदालतको फैसला आएपछि पत्रकार सम्मेलन गरेका थविसिनले भनेका छन्, ‘मलाई खेद छ, तर यो भनिरहेको छैन कि अदालतको फैसलासँग असहमत छु ।’ किनकी संवैधानिक अदालतको फैसला अन्तिम हुनेछ । र यसविरुद्ध पुनरावेदन लाग्ने छैन।

थविसिन अगष्ट २०२३ मा मात्र प्रधानमन्त्री बनेका थिए। थाइल्याण्डमा ९ वर्षदेखि चलिरहेको सैन्य प्रभुत्व भएको सरकार अन्त्य भएको थियो। उनको नियुक्ति पनि राजनीतिक सम्झौतामा भएको थियो, जसले आम चुनावमा सबभन्दा धेरै सिट जितेको मुभ फवार्ड पार्टीलाई सरकारबाट बाहिर राखेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट