मादक पदार्थ सेवन गरी अर्काको श्रीमतीमाथि जाईलाग्ने ब्यक्तिको दम्पत्ति मिलेर हत्या

काठमाण्डौं– मादक पदार्थ सेवन गरी अर्काको श्रीमतीमाथि जाईलाग्ने रुकुमपश्चिमका एक ब्यक्ति दम्पत्तिको आक्रमणमा मारिएका छन्।

त्रिवेणी गाउँपालिका–४ दम्दुका करिव ४३ वर्षीय डिलबहादुर बुढाको हत्या स्थानीय २६ वर्षीय सन्तोष केसी र उनकी पत्नि २४ वर्षीया मिना बुढाथोकी मिलेर हत्या गरेका हुन। सन्तोष र मीनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार डिलबहादुरको हत्या आइतबार बेलुका भएको हो। उनी सन्तोषका बुवा मोहवीर खत्रीका साथमा घरमा आएका थिए। मादक पदार्थ सेवन गरेका डिलबहादुरले सन्तोष दायाँबायाँ लागेका बेला मिनालाई अश्लील शब्द प्रयोग गर्दै हातपात गरेका थिए।

मिनाले प्रतिकार गर्ने क्रममा नजिकै रहेको दाउराको चिर्पटले हानेको र सन्तोषले पनि सोही चिर्पटले टाउकोमा हानेका थिए। टाउकोमा चोट लागेका उनी रगताम्मे अवस्थामा ढलेको र घट्नास्थलमै मृत्यु भएको प्रहरी अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका इन्स्पेक्टर बखतबहादुर शाहीले बताए।

सोमबार बिहान बुढा मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीले प्रारम्भिक अनुशन्धान गर्दा हत्या भएको पुष्टि भएपछि सन्तोष र मीनालाई पक्राउ गरिएको शाहीको भनाई छ। उनीहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट