विवाह गरेर ४ महिनाअघि अस्ट्रेलिया पुगेकी झापाकी दिक्षाको पनि दुःखद अन्त्य
काठमाण्डौं– विवाह गरेर ४ महिनाअघि मात्रै अस्ट्रेलिया गएकी झापाकी किशोरीको पनि दुःखद अन्त्य भएको छ।
सिड्नीमा झापाको मेचीनगर नगरपालिका–४, धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा मृत भेटिएकी छिन्। उनलाई हत्या गरिएको वा आत्महत्या गर्न वाध्य पारिएको आशंका छ।
स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी ४ महिनाअघि अस्ट्रेलिया पुगेकी थिईन। त्यहाँ काम गर्न थालेकी दिक्षा सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको थियो।
उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेका छैनन्। उनका पतिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माइती पक्षको माग छ। अस्ट्रेलियाको पिआर पाएका श्रीमानले दिक्षालाई गलत बाटोबाट त्यहाँ पुर्याएको र पहिलेको बिवाहको बारेमा पनि ढाँटेको परिवारले बताएको छ।
दिक्षाको पतिको विषयमा धेरै कुरा खुलिसकेको छैन।
यसअघि अमेरिकामाा ममता काफ्ले र मुना पाण्डेको हत्या भएको थियो। ममताको उनकै श्रीमानले र मुनाको लुटेराले हत्या गरेको खुलेको छ।
यो पनि,
- ममता काफ्ले बेपत्ता प्रकरणमा यसरी जोडियो ‘नरेश भट्ट र अमेरिकी महिला नाडिया’को सम्वन्ध
- ममता काफ्ले वेपत्ता प्रकरण थप जटिलः अभियोजकलाई दवावमा पारेर ग्राण्ड जुरी रद्द गराउने रणनीतिमा नरेश
- मृत्युदण्डको शैलीमा टाउको पछाडिबाट हानेको गोलीले मुना पाण्डेको मृत्यु, हत्यारा अमेरिकी होईनन्
- एक महिनाभित्र अमेरिकामा ३ नेपालीको मृत्युः कसैको हत्या, कोही वेपत्ता
- ममता काफ्ले वेपत्ता प्रकरणः यस्ता छन् बाथरुम र कार्पेटमा रगत लागेका तस्वीर (फोटो फिचर)
- नर्स ममता काफ्लेको हत्या दाईजोका कारण भएको खुल्यो, विवाहमै भएको थियो विवाद
- – अमेरिकामा मारिएकी ममता काफ्लेको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत प्रहरीले भेट्टायो
- – सुत्केरी अवस्थामै ममतामाथि नरेशका आमा छोराले कुटपिट गरेपछि घरमै पुगेको थियो प्रहरी
- – ममताको हत्या प्रकरणमा वकिलले खोले नयाँ तथ्य, श्रीमती मरेपछि विवाह र ऋणका बारेमा ४ महिनाअघि नै बुझ्दै थिए नरेश
- – श्रीमती ममताको हत्या प्रकरणमा नरेशले अदालतमा के भने ?, यस्तो छ बयान
- – अमेरिकामा श्रीमती ममताको हत्या गरेको आरोपमा पक्राउ परेका नरेश भट्टको यस्तो छ विगत
- – ममताको हत्यापछि घर बेचेर भाग्ने योजनामा थिए नरेश, मास्टर बेडरुममा भेटियो रगतको आहाल
- – सामाजिक सञ्चालबाट प्रेममा परेकी ममताको विवाहको ४ वर्ष नपुग्दै परदेशमा अवसानः प्रेमी/पति नै हत्यारा
- – अमेरिकामा २४ दिनदेखि वेपत्ता नेपाली नर्सको पतिले नै हत्या गरेको खुलासा, लाश वेपत्ता पारेको मुद्दा दर्ता
- – अमेरिकामा नेपाली नर्स वेपत्ता प्रकरणः २४ दिनपछि पति नरेश भट्ट पक्राउ
- – श्रीमानसँग खटपट भएपछि ११ महिनाकी छोरीसमेत छोडेर नेपाली नर्स अमेरिकामा वेपत्ता
लोकप्रिय
रास्वपाको सुनामीमा बढारिए मधेशका ‘मसिहा’: किर्ते नागरिकता विवादित झालाई कमाण्डर बनाउँदा महँगो पर्यो चुनाव
सप्तरी–१ मा रास्वपाको एकतर्फी परिणामः ‘केबलकार’ चलाउने उम्मेदवारको पत्तासाफ, कांग्रेस सभापतिको लज्जास्पद हार
