मृत्युदण्डको शैलीमा टाउको पछाडिबाट हानेको गोलीले मुना पाण्डेको मृत्यु, हत्यारा अमेरिकी होईनन्
काठमाण्डौं– टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई मृत्युदण्ड दिने शैलीमा टाउको पछाडिबाट गोली हानी हत्या गरिएको खुलासा भएको छ। अभियुक्तले जम्मा ४ गोली हानेपनि टाउको पछाडिबाट हानेको गोलीका कारण उनको मृत्यु भएको अदालतमा पेश गरेको कागजबाट खुलेको छ।
मुनालाई शरीरमा तीन पटक र टाउको पछाडिबाट गोली हानेको अभियोजकहरुले बताएका छन्। उनको हत्या आरोपमा पक्राउ गरिएका अभियुक्त बबीसिंह साहलाई आज अदालतमा पेश गरिएको छ।
बबीसिंहलाई अदालतमा पेश गर्दा नेपाली समुदायका व्यक्तिहरुले कोर्टरुम भरिएको थियो। मंगलबार विहान भएको सुनुवाईमा पनि न्यायाधिसले अभियुक्त बबीसिंहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए। अभियुक्त ५१ वर्षीय साहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।
मुनाको हत्या भएको केहीदिनपछि पक्राउ पर्दा समेत बबीसिंहले हत्याका बेलामा रगतका दाग लागेका कपडाहरु नै लगाएको अदालती सुनुवाईका क्रममा अभियोजकहरूले बताएका छन्। मुनाको अपार्टमेन्टबाट बाहिर निस्कँदा निगरानी क्यामेरामा देखिएको लुगा लगाएको अवस्थामा नै प्रहरीले पक्राउ गरेको अभियोजकहरुले खुलाएका हुन्।
यसैगरी, बबीसिंह साहसँग अमेरिकी नागरिक नभएको अदालती कागजातमा उल्लेख गरिएको छ। उनी भारतीय मूलका रहेको बताइएपनि उनी कहाँ जन्मिएका थिए भन्नेबारे भने अदालती कागजातमा केही उल्लेख गरिएको छैन।
बबी सिंहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ। जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ। बबीसिंहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आसययुक्त तरिकाले मुनाको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ।
यस अगाडिको सुनुवाईमा पनि जघन्य अपराधको लागि जमानत अस्वीकार गर्न सुनुवाइको लागि राज्यको प्रस्तावलाई विचार गरेपछि र प्रस्तुत गरिएको प्रमाणहरूमा स्पष्ट र बलियो प्रमाणबाट अपराध भएको, अभियुक्त दोषी भएको र कानूनको प्रबन्ध भएमा मृत्युदण्डको सजाय हुनसक्ने भएकाले धरौटीमा रिहा गर्न अस्वीकार गरिएको थियो।
लोकप्रिय
रास्वपाको सुनामीमा बढारिए मधेशका ‘मसिहा’: किर्ते नागरिकता विवादित झालाई कमाण्डर बनाउँदा महँगो पर्यो चुनाव
