साथीलाई नदीमा हुत्याएर वेपत्ता पारेको आरोपमा १ युवक पक्राउ
 
 
													काठमाडौँ– रामेछापको मन्थलीमा एक युवकलाई हुत्याएर तामाकोशी नदीमा वेपत्ता पारेको आरोपमा प्रहरीले अर्का युवकलाई पक्राउ गरेको छ।
मन्थली नगरपालिका–१ का वीरबहादुर भुजेल (३०) लाई वेपत्ता वनाएको आशंकामा अनुशन्धानका लागि स्थानीय मीनबहादुर विक (२७) लाई प्रहरीले पक्राउ गरेको हो। भुजेल शुक्रबारदेखि तामाकोशी नदीमा बेपत्ता छन्।
भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेको र सोही दिन दुई जनाबीच झगडासमेत भएको खुलेपछि अनुशन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।
विकसँग बयान लिने र भुजेलको खोजतलास गर्ने काम चलिरहेको उनको भनाई छ।
							प्रतिक्रिया
							
		
	
						
					
 शीर्ष खबर
								शीर्ष खबर 							 
  
  
  
  
  
  
  
  
  
  
  
  
 