सर्लाहीमा बसले किचेर सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु
जनकपुर– सर्लाहीमा बस पल्टिँदा किचिएर सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ ।
बलरा नगरपालिका–९, छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बा ००६ ख २००४ नम्बरको बस पल्टिएको थियो। सोही बसले किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका इन्स्पेक्टर बिजय तुलाधरको मुत्यु भएको हो।
चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएको जनाईएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएका तुलाधरको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।
बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो।
प्रतिक्रिया
