पिंगलास्थानस्थित होटेलमा किशोरीको हत्या गरेको आशंका गरिएका युवक आजै जापान जान लागेको खुलासा

काठमाडौँ– काठमाडौंको पिंगलास्थानस्थित होटेलमा एक किशोरीको हत्या गरेको आशंका गरिएका युवक आजै जापान उड्ने तयारीमा रहेको खुलेको छ।

केही दिनअघि मात्रै जापानबाट आएका ती युवकको जापान फर्किने टिकक आजैका लागि भएको खुलेको हो। तीनै युवकसँग कोठामा बस्न पुगेकी २१ वर्षीया सुस्मिता खड्का बुधबार (हिजो) साँझ पिंगलास्थानस्थित वाग्मती होटेलमा मृत फेला परेकी थिईन।

कागेश्वर मनोहराकी खड्का बौद्धमा बस्दै आएकी थिईन। १६ पुसमा ती युवकसँग होटलको कोठा नम्बर ३०८ मा बसेकी उनी वेडमै मृत फेला परेकी हुन्। सुस्मिता पनि जापान जाने तयारीमा रहेको खुलेको छ। बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको हो।

अंग्रेजी नयाँ वर्षको दिन विहान ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएको खुलेको छ। तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन। प्रहरी गएर बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो। फरार भएका युवकको पहिचान भईसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट