अमेरिकामा हिउँमा चिप्लिएर कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाडौँ– अमेरिकामा स्थानीय समय अनुसार बिहीबार बिहान कार दुर्घटना परी दुई नेपालीको मृत्यु भएको छ।

नेपाली सवार कार विहान करिब सात बजे भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा कार चालक ५५ वर्षीय कर्ण खड्का र उनका नातेदार २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाए अनुसार खड्का सोही होटलमा हाउस किपिङमा काम गर्थे। उनी छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए थिए। आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई पनि त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए।

तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो। अत्याधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँका नेपालीहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट