१३ वर्षीय विद्यार्थीसँगको सहबासपछि २३ वर्षीया शिक्षिका गर्भवती भएको विषयले हंगामा

काठमाडौँ– भारतमा १३ वर्षीय किशोरसँगको सहबासपछि गर्भवती भएकी २३ वर्षीया ट्युसन टिचरको खुब चर्चा छ। घट्ना गुजरात राज्य अन्तर्गत सुरतमा पर्ने पुनाको हो।
त्यहाँकी एक शिक्षिकाका १३ वर्षीय छात्रलाई लिएर १२ वैशाखमा भागेकी थिइन्। चार दिनपछि (१७ वैशाखमा) ती शिक्षिका र किशोरलाई राजस्थानको सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। उनीहरु जयपुरबाट अहमदाबाद जाने बसबाट पक्राउ परेका हुन।
सोधपुछका क्रममा ती शिक्षिका ५ महिनाको गर्भवती रहेको खुलेको छ। ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो’ उनले ती किशोरलाई देखाउँदै भनेकी छिन्। आफु गर्भवती भएपछि विवाह गरेर अर्को सहरमा बस्नका लागि आफूहरू भागेको उनले बताएकी छिन्। प्रहरीले दुवैको स्वास्थ्य परीक्षण पनि गराएको छ।
रिपोर्टमा ती किशोर पिता बन्न सक्षम रहेको पाईएको छ। शिक्षिकाको गर्भमा रहेको शिशु र ती किशोरको डीएनए परीक्षण गरी थप कारबाही अघि बढाउने प्रहरीको तयारी छ। प्रहरीले आरोपित शिक्षिकाविरुद्ध नाबालिगको अपहरण सम्बन्धमा मुद्दा दर्ता गरेको छ।
तर, प्रहरीले अपहरणमा परेको भन्दै शिक्षिकालाई मुद्दा चलाउने तयारी गरिरहेका किशोरले पनि आफूहरू प्रेम सम्बन्धमा बयान दिएका छन्। आफुहरु विगत २ वर्षदेखि प्रेम सम्वन्धमा रहेको र एक वर्षदेखि शारीरिक सम्बन्ध राखेको उनीहरूको भनाइ छ।
जानकारी अनुसार किशोर ५ कक्षा पढ्दादेखि नै ती शिक्षिका उनको घरमा गएर ट्युसन पढाउने गरेकी थिईन। पछि किशोरलाई नै आफनो घरमा बोलाएर पढाउने गरेकी थिईन।