यसरी खुल्यो ‘जनवादी विवाह’को भड्किलो ‘रिसेप्सन पार्टी’मा प्रचण्ड ढुन्मुनिएको रहस्य

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विलासी जिवन शैली अव कसैबाट लुकेको छैन। उनी सर्वहारा वर्गको कुरा गर्ने तर आफु भने त्यसलाई पालना नगर्ने मध्येका एक नेता हुन।
यसका बारेमा धेरै कुरा बताई रहनु पर्दैन। उनी र उनको परिवारको खानपिन, उठवस र पहिरनले सवै कुरा छर्लङ्ग पार्छ। गत शुक्रबार पनि यही शैलीका कारण दाहाल शौचालयमा लडेर घाईते भएको खुलासा भएको छ।
स्रोतका अनुसार दाहाल प्रधानमन्त्री हुँदा उनको आईटी विज्ञका रुपमा काम गरेका रायमाझीले गत २३ वैशाखमा कृति कार्कीसँग एकदमै सादगी तवरबाट विवाह गरेका थिए। जसलाई जनवादी विवाह भनेर प्रचार गरियो। अध्यक्ष दाहाल र माओवादीका नेताहरु सहभागि रहेको यो विवाहको धेरैले प्रसंसा गरे।
तर, जनवादी विवाह गरेर सन्सारको ध्यान केन्द्रित गर्न सफल भएका तीनै जोडीले रिसेप्सन पार्टी भने काठमाडौँ उपत्यामै सवैभन्दा महंगो मध्येको एक मानिने ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा आयोजना गर्यो।
अध्यक्ष दाहाल पनि परिवारसहित विवाहको रिसेप्सनमा सामेल हुनु पुगे। विवाहको रिसेप्सनमा जानु नौलो कुरा होईन। तर, आफनै उपस्थितीमा जनवादी विवाहको नाटक मञ्चन गरेपछि यस्तो आलिशान रिसोर्टमा आयोजित शानदार रिसेप्सनमा उपस्थिती जनाउँनु चाहीँ अनौठो नै हो।
पार्टीमा दाहालका घरबेटीदेखि छोरी ज्वाइँसम्म थिए। इच्छाअनुसार मद्यपानको व्यवस्था थियो। स्रोतका अनुसार दाहाल पनि चुस्की लिँदै थिए। यसैक्रममा उनी शौचालयमा लडेपछि भने सवैलाई तनाव भयो। उनलाई मेडिसिटी अस्पतालतिर कुदाईयो। टाउकोमा तीन वटा टाँका लगाएपछि उनी निवास तिर फर्किए।
विहान हुँदै गर्दा दाहाल शौचालयमा लडेर घाईते भएको समाचार छ्यापछ्पी भयो। सचिवालयलाई सूचना लुकाउँन हम्मे–हम्मे पर्यो। त्यसैले छोरी गंगाले फेसवुक मार्फत अपुष्ट सूचना प्रसार गरिन। ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु।’– उनको स्ट्याटसमा लेखिएको थियो।
उनले कहाँको शौचालय भनेर खुलाईनन्। आखिर जनवादी विवाहको भड्किलो रिसेप्सन पार्टी र दाहालको वास्तविक्ता वाहिर आईहाल्यो। त्यसपछि भने उनेको आलोचना सुरु भएको छ।
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष दाहाललाई लक्षित गर्दै प्रतिनिधि सभाको बैठकमै यो कुरा उठाए। उनले ‘दिउँसो जनवादी बिहे, राती महँगो रेस्टुरेन्टमा पाटी खाएर ढुन्मुनिने संस्कारबाट आएको’ भन्दै कटाक्ष गरे।
‘हामी दलीय व्यवस्थामा छौँ। सबैका बाध्यता हुन्छन्। र हाम्रा अभ्यासहरू पनि छन्। म हुँदा चाहिँ के हुन्थ्यो तेस्रो आँखा खोलेर हेर्थे भन्ने कुरा चाहिँ सत्तामा नहुँदा भन्ने कुरा हो। हुँदा तेस्रो आँखा खुल्दैन। सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ’ उनले भने–‘यस्तो अभ्यास छ कि दिउँसो जनवादी बिहे, बेलुका गएर सबैभन्दा महँगो रेस्टुरेन्टमा गएर पाटी खाएर ढुन्मुनिने पर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरू फरक हुन्छन्।’
उनले कसैलाई अभियोग लगाएको नभई हाम्रो अभ्यास नै यस्तै भएको भन्दै उनले त्यो विषयलाई नीति तथा कार्यक्रमतिर जोडे। ‘यसमा कुनै अभियोग लगाएको होइन, यो हाम्रो अभ्यास हो। सरकारमा नभएको कुनचाहिँ पार्टी छ? यो संसदमा भएको? आफ्नो पालामा केके चमत्कार गर्यो? नीति कार्यक्रममा सबै कुरा खारेज गरेको छ र ? केही कुरा नयाँ ल्याउन खोजेको देखिन्छ चुनौतीसहित।’– उनले भने
यो पनि,