भारतको कोलकातास्थित ऋतुराज होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौँ– भारतको कोलकातास्थित फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। होटलबाट २२ जनाको उद्धार गरिएछ। ति मध्ये घट्नामा १३ जना घाइते छन्।
मृत्यु हुनेमा दुई महिला र एक बालक छन्। मृतक ११ जना पुरुषमध्ये ८ जनाको पहिचान भएको छ। प्रहरीका अनुसार राति करिब सवा ८ बजे ऋतुराज होटलमा आगलागी भएको हो। धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको प्रत्यक्षदर्शीले बताए।
दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ। प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तलामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ।
प्रतिक्रिया