लण्डनको थेम्स नदीमा डुवेर एक नेपाली विद्यार्थीको मृत्यु, औठा छापबाट भयो पहिचान

काठमाडौँ– लन्डनको थेम्स नदीमा डुवेर एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। वाटरलु नजिकै रहेको थेम्स नदी किनारमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको मृत्यु भएको हो।
लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा मृतक ओली भएको खुलेको हो। गत मंगलबार उनको शव फेला परेको थियो। तर, शव पहिचान भएको थियो।
लन्डन प्रहरीले मृतक नेपाली विद्यार्थी नै हुनसक्ने आशंकामा दुतावाससँग समन्वय गरी औँठा छाप परीक्षण गर्दा शवसँग मिलेको दुवाडीले जानकारी दिए। प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ।
ओली २१ अप्रिलदेखि सम्पर्कविहीन भएका थिए। उनीसँगै अध्ययनरत क्याम्पसका विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएपछि खोजतलास सुरु भएको थियो।