हतकडीसहित भागेका सप्तरीका प्रमोद ठाकुर फेरी पक्राउ, जोगाउन खोज्दा भिनाजु पनि हिरासतमा
काठमाडौँ– सप्तरीको महादेवा गाउँपालिका–२ घर भई काठमाडौँको टोखा स्थित फर्निचर उद्योगमा काम गर्दै आएका प्रमोद सुतिहार ठाकुरलाई प्रहरीले लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरीले उनलाई ३० चैतको राति करिव पौन ११ बजे काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको थियो। तर, उनी प्रहरीलाई छक्याएर हत्कडीसहित ट्याक्सीबाट हाम फालेर भागे। उनको खोजतलास गरिरहेको प्रहरीले त्यसको तीन दिनपछि (३ वैशाखको) बिहान करिव १० बजे टोखा नगरपालिका–३, भत्केको पुल क्षेत्रबाट पूनः पक्राउ गरेको हो।
पक्राउ परेपछि अनुसन्धान गर्दा हत्कडी खोल्नदेखि सँगै राखेकोसम्म खुलेपछि उनका भिनाजु नाता पर्ने ओम नारायण शर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ३० चैतमा ब्राउन सुगरसहित पक्राउ परेका ठाकुरलाई प्रहरीले हत्कडी लगाएर भाडाको ट्याक्सीमा हालेर कार्यालय लाँदै थियो।
बालाजु पुलखण्डमा पुगेपछि प्रहरीको आँखा छलेर ट्याक्सीको ढोका खोल्दै उनी ओर्लिएर फरार भएका थिए। त्यहाँबाट भागेका उनी फर्निचर उद्योगमा पुगेका थिए। त्यसपछि शर्माले नै ह्याक्सोको सहायताले ठाकुरको हत्कडी काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्कडीसहितको मान्छे आएपछि प्रहरीलाई जानकारी गराउनुको साटो उल्टै हत्कडी खोलेर सँगै राखेर काम लगाएको भन्दै शर्माविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध पक्राउबाट उम्काउन र थुनाबाट भगाएको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। हत्कडी भने विष्णुमति खोलामा फ्यालेको उनले प्रहरीलाई बयान दिएका छन्।
लोकप्रिय
घाँटी छिनाएर वन हेरालुको बीभत्स हत्याः शव भेटिएको भोलिपल्ट झाडीमा फालिएको टाउको भेटियो, रहस्य अझै गहिरियो

