दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ, देशको इतिहाँसमै पहिलो घट्ना

काठमाडौँ– भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा अनुसन्धान गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो।

उनी दोस्रो पटकको प्रयासमा पक्राउ परेका हुन। उनलाई पक्राउ गर्ने पहिलो प्रयास राष्ट्रपति सुरक्षा दलले विफल वनाएको थियो। अहिले अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न जरुरी भएको भन्दै उनले गत ३ डिसेम्बरमा उनले मार्शल ल घोषणा गरेका थिए। तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिए। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो। त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन्।

यो विषय संवैधानिक अदालतमा विचाराधिन छ। दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ। उनले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए। तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी लिईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट