भारतमा रेल दुर्घटना हुँदा ४ नेपालीसहित १४ जनाको मृत्यु, यसरी भयो दुर्घटना

काठमाडौँ– भारत बुधबार रेल दुर्घटना हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु भएको छ। बुधबार पुष्पक एक्सप्रेस रेल महाराष्ट्रमा दुर्घटना भएको थियो।

आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो। यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ।

सनाखत भएका मध्ये ४ जना नेपाली रहेको भारतीय सञ्चार माद्यमले जनाएका छन्। मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा छन्।

भारतीय अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए। त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिकतिर भागे।

त्यहीबेला विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो। दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट