कोशी बालसुधार गृहबाट साढे १६ वर्ष कैद तोकिएका उदयपुरका एक सहित तीन किशोर फरार

विराटनगर– मोरङको विराटनगरस्थित कोशी बालसुधार गृहमा बाट सोमबार दिउँसो तीन जना किशोर फरार भएका छन्। तीनै जना बलात्कारका आरोपित हुन।
बालसुधार गृहका अनुसार तीन जनामध्ये उदयपुर र तेह्रथुमका १८–१८ वर्षका किशोर हुन् भने इलामका १७ वर्षीय थिए। सोमबार दिउँसो साढे २ बजेतिर उनीहरू फरार भएका हुन्।
बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय किशोर १६ वर्ष ८ महिना कैद सजाय तोकिएका थिए। उनी तीन वर्षदेखि सुधार गृहमा थिए। बाँकी दुई जना भने पुर्पक्षका लागि सुधार गृहमा पाँच महिनाअघि ल्याइएका हुन्।
तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा र एक जना कक्षा ७ मा पढिरहेका थिए।
प्रतिक्रिया