उदयपुरबाट काठमाडौँ जाँदै गरेको बसले ईभी कारलाई ठक्कर दिँदा चालकको मृत्यु

चितवन– उदयपुरबाट काठमाडौँ जाँदै गरेको बसले चितवनमा ईभी कारलाई ठक्कर दिँदा कार चालकको मृत्यु भएको छ।

कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उदयपुरको गाईघाटबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान पौने २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो। बिहान करिव ३ बजेर उनको मत्यु भएको प्रहरीको भनाइ छ। बस चालक प्रहरीले नियन्त्रणमा छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट