बुद्ध एयरको जहाजमा सिमराबाट काठमाडौँ उडेकी महिलाको बाटैमा मृत्यु

काठमाडौँ– बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा मंगलबार महिला यात्रुको मृत्यु भएको खुलेको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिका ११ का ३९ वर्षीय राजुकुमारी चौधरीको जहाजमै मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौँ लाने क्रममा उनको मृत्यु भएको हो।

श्रीमान् जङ्गबहादुर चौधरीका मंगलबार अपराह्न ४ बजे बुद्धको जहाजमार्फत उनीहरू काठमाडौंका लागि उडेका थिए। तर केही समयमै राजुकुमारी जहाजमै अचेत भएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजुकुमारीलाई तत्काल केएमसी अस्पताल सिनामंगल पु¥याइएको थियो।

चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट