सप्तरीमा तीन जना सवार मोटरसाईकल ट्याक्टरमा ठोक्किँदा २ जनाको मृत्यु, एक जना गम्भिर

राजविराज– सप्तरीमा शनिवार दिउँसो तीन जना सवार मोटरसाईकल ट्याक्टरमा ठोक्किँदा मोटरसाईकलमा सवार दुई युवकको मृत्यु भएको छ भएको छ भने एक जनाको अवस्था गम्भिर छ।

हुलाकी सडक अन्तर्गत राजगढ गाउँपालिका–५, मलेकपुरमा शनिवार दिउँसो करिव साढे २ बजे दुर्घटना भएको हो।

इटा बाकेर पथ्थरगढाबाट राजविराजतर्फ आउँदै गरेको स१त ५४४२ नम्बरको ट्याक्टरमा विपरित दिशामा जाँदै गरेको मप्र ०२–०१९ प ९६२६ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो। मोटरसाईकल ट्याक्टरको पछाडिको भागमो ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाईकलमा सवार तीन जना घाईते भएको थिए। ती मध्ये करिव २५ र २२ वर्षका २ जनाको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र एक जना करिव २२ वर्षका युवकको उपचार भईरहेको सप्तरी प्रहरीले जनाएको छ।

मृतक र घाईते तीनै जनाको पहिचान खुलिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट