तीन वटा कसुरका फरार अभियुक्त प्रसौनी–६ का वडाध्यक्ष कार्यालयबाटै पक्राउ

वीरगन्ज– बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा कार्यालयबाटै पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय प्रसौनीको उनलाई आइतबार वडा कार्यालयबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनी ३ वटा कसुरका फरार अभियुक्त हुन। अदालतको आदेशपछि उनी फरारको सूचिमा थिए। कुशवाहविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी ३ वटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो।
अदालतको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई पक्राउ गरिएको इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठले जानकारी दिए। उनलाई आइतबार नै बारा जिल्ला अदालतमा पेस गरिएको छ।
उनी ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएको हुन। उनले ७२४ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार नन्देश राउत ६९३ मत ल्याएर पराजित भएका थिए।
प्रतिक्रिया