सर्लाहीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु

जनकपुर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती गाउँपालिका–१ पानी ट्यांकी चोकमा शनिवार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ।
बालुवा लोड भएको ना ७ ख ६३९१ नम्बरको टिप्परले बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीकै मलंगवा नगरपालिका–१० का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो।
विहान करिव १० बजे टिपरको ठक्करबाट मिकरानी र मलंगवा–१० कै सुमितकुमार यादव घाईते भएका थिए। दुवैजनालाई उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो। उपचारका क्रममा करिव सवा १२ बजे मिरानीको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।
टिपर चालक सर्लाहीको बागमती नगरपालिका–२ का ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया