सप्तरीमा ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा मृत्यु भएका २ जना र घाईते सवैको पहिचान खुल्यो

राजविराज– हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५, मलेकपुरमा शनिवार दिउँसो ट्याक्टरमा मोटरसाईकल ठोक्किँएर मृत्यु भएका र घाईते तीनै जनाको पहिचान खुलेको छ।
सप्तरी प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका –१ जमुनी मधेपुराका १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डलको मृत्यु भएको हो। जमुनी मधेपुरा १८ वर्षीय धनञ्जय यादवको अवस्था गम्भिर छ।
इटा बोकेर पथ्थरगढाबाट राजविराजतर्फ आउँदै गरेको स१त ५४४२ नम्बरको ट्याक्टरमा विपरित दिशामा जाँदै गरेको मप्र ०२–०१९ प ९६२६ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाईकलमा सवार तीनै जना घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दासन्तोष र सागरको बाटोमै मृत्यु भएको थियो।
गम्भिर अवस्थामा रहेका धनञ्जयलाई राजविराजमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाईएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। तीन जना सवार मोटरसाईकल ट्याक्टरको ट्रलीको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।