इनरुवा सवारी दुर्घटनामा घाइते महिलाको मृत्यु, मृतक संख्या २ पुग्यो

इटहरी– सुनसरीको इनरुवा नगरपालिका–६ मा गत चैत १८ गते भएको सवारी दुर्घटनामा परी घाईते भएकी महिलाको मृत्यु भएको छ। यसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

बिराटनगरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इटहरीतर्फ गइरहेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई इनरुवाको दक्षिणकाली पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो।

जसमा सुनसरीको हरिनगर गाउँपालिका–३ का ४६ वर्षीय महेश कुमार मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकलमा पछाडि सवार देवानगञ्ज गाउँपालिका–२ की ५७ वर्षीया गुगली मेहता गम्भीर घाइते भएकी थिइन।

प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। उनलाई उपचारपछि चैत २० गते घर लगिएको थियो। घरमा नै उपचाररत मेहताको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस चालक सिराहाको लहान नगरपालिका–१५ का ३४ वर्षीय सूर्य नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट