राजविराजमा सकियो निमित्तको बखेडाः मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत

राजविराज — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सप्तरीको राजविराज नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

मन्त्रालयले मंगलबार सर्लाहीको हरिपूर्वा नगरपालिकामा कार्यरत हरिकिशोर प्रसाद चन्द्रवंशीलाई राजविराजको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो।

यसअघि राजविराज नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार साहलाई सरुवा गराई शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्तको जिम्मेवारी दिईएको थियो। उनले आजै पदभार ग्रहण गरेका थिए।

तर, साहको सरुवा गरी यादवलाई निमित्त दिएको विषयमा नगरमा तिव्र असन्तुष्टि वढेको थियो। यस विषयमा निलम्बित मेयर भीमराज यादवको नेतृत्वमा आन्दोलन समेत चलिरहेको छ।

यसै क्रममा मंगलबार नगरपालिकामा तोडफोड र कर्मचारीमाथि कुटपिट समेत भएको थियो। लगत्तै मन्त्रालयले चन्द्रवंशीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट