अर्घाखाँचीमा दुई युवतीले एकआपसमा गरे विवाह, वडा कार्यालयले दियो कानुनी मान्यता

राजधानी — अर्घाखाँचीमा डेढ वर्षको प्रेमलाई सफल बनाउँदै दुई युवतीले विवाह गरेरका छन्। उनीहरुको विवाहले कानुनी मान्यता पनि पाएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी २३ वर्षीया फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया निरमाया (नाम परिवर्तन) ले यही १८ जेठ ०८२ मा विवाह गरेका हुन्।

दुवैले आवश्यक कागजातसहित स्थानीय वडा कार्यालय पुगेर समलिंगी विवाह दर्ता गराएका छन्। वडासचिव रघुराम पण्डित (नाम परिवर्तन) ले भने–‘सुरूमा केही अन्योल भयो। सम्बन्धित निकायमा सम्पर्क गरेर प्रस्ट पारी प्रमाणपत्र बनायौं।’

विवाह प्रमाणपत्रमा फूलमायालाई ‘दुलहा’ र निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ। डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले परिवार र कतिपय नातागोताको सल्लाहमा विवाह गरेको बताइएको छ।

नेपालमा पछिल्लो समय समलिंगी विवाहलाई कानुनी मान्यता दिने क्रम सुरु भएपछि यस्ता विवाहको संख्या बिस्तारै बढ्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट