विवाहपछि ९ पटक प्रेमीसँग भागेकी श्रीमतीको पञ्चायत समक्ष प्रस्तावः महिनामा १५ दिन प्रेमीसँग बस्न दिनुपर्छ

राजधानी– नेपाल–भारतजस्ता मुलुकमा विवाह केवल शारीरिक वा वैयक्तिक आकर्षणको विषय मात्र होईन, एक सामाजिक र धार्मिक संस्था पनि हो। यहाँ विवाह पुरुष र महिलाबीचको पवित्र सम्बन्धका रूपमा स्थापित छ, जसलाई कानुनी तथा सांस्कृतिक मान्यताले अझ मजबुत बनाईएको छ।

हिन्दु परम्परा अनुसार विवाहपूर्व वा विवाहपछि पति–पत्नीबाहेक अरूसँग सम्बन्ध राख्नु पाप र अस्वीकार्य मानिन्छ। यस्तै पृष्ठभूमिमा भारतको उत्तर प्रदेशस्थित रामपुर (अजिमनगर क्षेत्र) मा भएको एउटा घटना अहिले चर्चामा, जसले विवाह संस्थामाथि प्रश्न उठाउको मात्र छैन, कानुनी मान्यता र सामाजिक परम्परालाई पनि चुनौती दिएको छ।

भारतीय मिडिया हिन्दुस्तानका अनुसार डेढ वर्षअघि विवाह बन्धनमा बाँधिएकी एक युवतीले आफ्नो वैवाहिक जीवन र प्रेमसम्बन्धलाई एकैसाथ स्वीकार गर्ने प्रस्ताव सार्वजनिक गरेकी छिन्। स्थानीय पञ्चायतमा उनले महिनामा १५ दिन श्रीमान् र १५ दिन प्रेमीसँग बस्ने अचम्मको शर्त राखिन्। यस्तो प्रस्ताव सुन्दा श्रीमान् मात्र होइन, त्यहाँ उपस्थित सबै छक्क परे। अन्ततः श्रीमानले हात जोडेर श्रीमतीलाई भने, ‘अब तिमी आफ्नो प्रेमीसँगै बस, मलाई माफ गर।’

विवाह भएको केही दिनमै ती महिलाको टांडा क्षेत्रका अर्का युवकसँग प्रेम सम्बन्ध गाँसिएको थियो। विवाहपश्चात बारम्बार प्रेमीसँग भाग्ने घटनाले गाउँ नै हलचल भयो। श्रीमती ९ पटकसम्म भागेपछि श्रीमानले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर पतिसँग बस्ने सर्त गराएपनि त्यसको भोलिपल्ट नै उनी पुनः प्रेमीसँग भागिन्।

श्रीमतीलाई फर्काउन श्रीमानले प्रेमीको घरमै पुगेर विन्ती गरे। तर उनले साफ इन्कार गरिन्। अन्ततः गाउँलेहरूलाई साक्षी राखेर बसेको पञ्चायतमा महिलाले दुवै सम्बन्धलाई वैधानिकता दिन खोजिन्। त्यसपछि पतिले उनलाई प्रेमीसँगै वस्ने स्विकृति दिएको जनाईएको छ।

नेपाल–भारतमा लागू कानुनले विवाहपछि अर्को सम्बन्धलाई मान्यता दिएको छैन। त्यसमाथि हिन्दु परम्परा अनुसार यस्तो सम्बन्धलाई सामाजिक अपराध र पाप मानिन्छ। तर आधुनिकताका नाममा पवित्र वैवाहिक बन्धनलाई तोड्ने यस्ता प्रस्तावहरूले विवाह संस्थाप्रति नै प्रश्नचिह्न खडा गरेको छ।

यो घटना केवल व्यक्तिगत विचलन मात्रै नभई परम्परागत सामाजिक मूल्य, विवाह संस्था र नैतिकतामाथि उठेको चुनौतीका रूपमा पनि हेरिएको छ। ‘विवाहलाई संस्कार र सामाजिक प्रतिबद्धताको रूपमा मान्ने परम्परागत संरचना बलियो रहन्छ कि व्यक्तिगत इच्छाले नयाँ मान्यता बनाउँछ?’ भन्ने अहिले वहसको विषय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट