रौतहटमा रक्सीले मातेका वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट

रौतहट– रौतहटमा एक वडाध्यक्षले शिक्षकलाई बन्धक बनाएर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले वडा कार्यालयमै शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना व्यापक आलोचित भएको छ।

पीडित शिक्षक पर्सा बहुदरमाई घर भई प्रसौनी–६, बेलहियामा बस्दै आएका नागेश्वर यादव हुन। वडाध्यक्ष कुशवाहासहित आठ जनाले मदिरा सेवन गरेको अवस्थामा यादवलाई वडा कार्यालयमै लगेर नग्न बनाएर सामूहिक कुटपिट गरेका थिए।

वडाध्यक्षको यस्तो कृत्य उजागर भएपछि नेकपा माओवादी केन्द्रले तत्काल कारबाही स्वरूप उनलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ।

स्थानीयले घटनापछि वडा कार्यालयसमेत भयको वातावरण सिर्जना भएको बताए। भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनमाथि छानबिन र कानुनी कारबाहीको दबाब बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट