मन्त्री र मेयरलाई फोनमार्फत धम्की दिने टिकटकर किरण साह विरुद्ध ३ वटा मुद्दा

वीरगञ्ज– संघीय खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी बारा कलैयाकी २३ वर्षीया किरण साह उपर तीनवटा मुद्दा दायर भएको छ।

प्रहरीका अनुसार साहविरुद्ध साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो।

पर्सा प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालका अनुसार शनिबार वीरगन्जबाट पक्राउ परेकी टिकटकर साहलाई सोधपुछपछि आइतबार जिल्ला अदालतमा पेस गरिएको थियो।

अदालतले प्रारम्भिक सुनुवाइपछि थप अनुसन्धानका लागि तीन दिनको म्याद प्रदान गरेको छ।

प्रहरीले साहले मन्त्री यादव र मेयर सिंहलाई मोबाइलमार्फत धम्की दिएर सार्वजनिक आतंक सिर्जना गर्न खोजेको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

One thought on “मन्त्री र मेयरलाई फोनमार्फत धम्की दिने टिकटकर किरण साह विरुद्ध ३ वटा मुद्दा

  1. यो लोद्दर सरकारले जनता लुट्ने र कुट्ने बाहेक के नै गतिलो काम गर्न सकेको छ र । जनतालाई दायाँ बायाँ, अगाडि पछाडि, तल माथि एक इञ्च पनि सर्न नदिने भाछ । केही बोले मुद्दा, थुनुवा, झ्यालखानामा जाक्ने गरेको छ। यसरी केही नसुनी सुधार नै नगरी देश बिकास हुन्छ। स्टन्ट गरेर देश बन्छ? बन्छ? कि बन्दैन? यसरी नेताहरु नसुध्रिने; कानून, राजनीति र अर्थव्यवस्था मात्रै उध्रिने गरे भविष्यमा देश कहाँ पुग्छ र देशवासीको हविगत के हुन्छ । कुनै राजनीतिक अगुवाले बिचार पुर्याएको देखिदैन । समयमै घैंटोमा घाम लागोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट