जेनजी आन्दोलन भड्काउन रेडियो नेपाल कब्जा भएको खुलासाः भीड उक्साउन रवि लामिछाने दाजुभाई नै संलग्न

काठमाडौँ– भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशभर फैलिएको जेन–जी आन्दोलनले भौतिक संरचना तोडफोड, आगजनी र लुटपाटको स्वरूप लियो। सरकारी भवन, निजी कार्यालय र सिंहदरबारसम्म क्षति पुगेको यो घटना आन्दोलनको नाममा भएको भए पनि, स्थानीय विश्लेषकहरूले यसलाई व्यक्तिगत स्वार्थ र प्रतिशोधसँग जोडेर हेरिरहेका छन्।
प्रशासन र सञ्चार जगतमा विशेष ध्यान खिच्ने घटना भनेको देशकै पहिलो प्रशारण सेवा रेडियो नेपाल कब्जामा लिएर भीड उकास्ने काम भएको खुलासा भएको छ। यसमा पूर्वकर्मचारी तथा हाल नक्खु कारागारमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेका दाजु हरिशरण लामिछानेको संलग्नता देखाएको छ।
उनी रेडियो नेपालमा ३० वर्ष जागिरे गरेर अवकाश पाएका कर्मचारी हुन। अवकाशपछि पनि उनी नियमित रेडियो सञ्चालनमा सक्रिय रहे। स्रोतका अनुसार, हरिशरणले रेडियो नेपालमा करार वा सिफ्टबेसका कर्मचारीसँग मिलेर साँझ करिब साढे पाँच बजेदेखि २० मिनेटसम्म प्रशारण नियन्त्रणमा लिएर आफ्नो भाषण छाँटेको प्रमाण फेला परेको छ।
रेडियो नेपाल कब्जा गरेको विषय हरिशरण स्वयमले सगौरव आफनो फेसवुकमै खुलासा गरेका छन्। तर, त्यो कार्य उक्साउन र गलत मनसायले नभई सार्वजनिक सम्पत्ति वचाउनका लागि भएको उनको दावी छ। ‘रोम जलिरहदा निरो बासुरी बजाउदै थियो भनेझै, सिंहदरबार जलिरहदा गित सुनाएर बसेको रेडियोका साथिहरुलाइ निरीह नबन्न आग्रह गर्दा पनि कोहि अघि नसरेपछी, मैले जनतालाइ उत्तेजनामा आएर सार्बजनिक सम्पत्तिको बिनास नगर्न आग्रह गर्दै रेडियो नेपाल कब्जा गरेकै हो, जसरी ७२ को भुकम्पमा गरेको थिएँ।’
उनले अगाडी भनेका छन्–‘आफ्नो कर्तव्य बिर्सेर तमासे बनिरहेका गैर–जिम्मेवार कारिन्दाको अकर्मण्यतालाई बिषयान्तर गर्न, कल्पनिक कथा बुनेर मेरो भुमिकालाइ दुषित बनाउने कुचेस्टा गर्ने कुनै अमुक कार्यकर्ताको दरिद्र मानसिकता देखेर दया लागेको छ। मैले के भने र त्यो दिन के के गरे भन्ने कुरा सामाजिक सन्जालमा छरपस्ट छ। जिवनभर निष्ठापुर्वक प्रेस स्वतन्त्रताकोलागि समर्पित पात्रमाथी दोष थोपर्नु, कायरहरुको पराजित मनस्थित हो भन्नुको बिकल्प छैन।’
रेडियो कब्जा गरेको विषयमा आलोचना गर्ने पत्रकार र कर्मचारीलाई उनले झोलेको उपमा दिएका थिएका छन्। ‘आआफ्नो काममा लाग झोलेहरु हो। ( झोले– पत्रकारको आवरणमा रेडियो छिरेका दलका कार्यकर्ता प्रती लक्ष्यित) तर पनि ठिक छ, मेरो निष्ठामा प्रश्न उठेपछि स्वतन्त्र छानबिन होस, म तयार छु। सुझावका लागि धन्यबाद। समाचार कोचाल।’– उनले लेखेका छन्।
हरिशरणले रेडियो कब्जा गर्नुअघि भाइ रवि लामिछाने आन्दोलनको आडमा नख्खु जेलबाट नक्कली पत्र बनाएर फरार भएका थिए। कार्यकर्ता बोलाई कारागार घेरेर निस्किएका रवि गाडिमा सर्वसाधारणलाई खुसीको हात हल्लाउँदै गरेको दृष्य अनौठो थियो। उनको यो कदमले देशभरका कारागारमा विद्रोह भयो, १५ हजार भन्दा वढि कैदीवन्दी कारगारमा आतंक मच्चाएर फरार भए। तर रविको यो कदम उनको पाटी रास्वपा भित्रै र चौतर्फी आलोचित भयो। त्यसपछि प्रहरीले उनलाई पुन कारागार फर्काएको छ।