ड्युटीमा रहेका प्रहरीलाई आमाचकारी गाली गर्ने युवक पक्राउ, भीडीओ भाईरल
काठमाडौँ– सामाजिक सञ्जालमा अहिले एउटा भीडीओ भाईरल भईरहेको छ। भीडीओ कहाँ खिचिएको खुलेको छैन। भीडीओमा दुई जना प्रहरी र एक जना युवक सडकमा देखिएका छन्। पृष्ठभुमीमा पसलहरु पनि छन्।
दुई प्रहरी मध्ये एक जना (सम्भवतः प्रहरी नायव निरिक्षक)सँग युवकको विवाद भईरहेको छ। युवकले प्रहरीलाई अपशब्द गर्दै गाली गरिरहेका छन्। कपाल रंगाएका, दुवै हातमा ट्याटु खोपेका आक्रोशित ति युवा भन्छन् ‘मा…ने समात्। तैले पहिले मुख छोडेको छस, मा…ने । तँ को हो, माँ…ने। तँ पुलिस हो भनेर लाँ… मुख छाड्छस? मुख छाड्’ उनले यसरी गाली गरेपछि प्रहरीले ‘तँ अनावश्यक कुरा किन गर्छस ?’ भन्दै प्रश्न गर्छन।
युवा अझै जोसमा आउँछन। गोजीमा भएको मोवाईल निकालेर देखाउँदै भन्छन्–‘तैले मुख छाडेको छस, तेरो रेकर्ड छ मा…ने यहाँ। जा बोला। मेरो मान्छे छैन ? मा…ने।’
अहिले ती युवाले प्रहरीले पक्राउ गरेको छ। उनी सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ्ग तामाङ रहेको प्रहरीले जानकारी दिएको छ। फिल्डमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको हो।
