टी–२० महिला सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित

काठमाडौँ— नेपालले मलेसियामा जारी अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली मलेसियासँग ३ रनको साँघुरो हार बेहोरेको छ।
क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो। मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले २७ रन प्रहार गरिन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन जोडेकी थिइन्।
१०५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रनमा रोकियो। नेपालका लागि पुजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ३० रन जोडेकी थिइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ रनको योगदान दिइन्।
नेपाल जित नजिकै पुगेपछि अन्तिम ओभरसम्म दबाब धान्न नसक्दा तीन रनले खेल गुमाउनुप¥यो। आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकप ग्लोबल छनोटलाई ध्यानमा राखेर नेपाली महिला टोली अहिले मलेसियामा तयारी स्वरूप यो सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ।
यस हारले टोलीलाई कमजोरी सुधार्न र आगामी खेलमा बलियो पुनरागमन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।