भारतीय प्रधानन्यायाधीशमाथि जुत्ता प्रहारः हिन्दू धर्मको अपमान गरेको आरोप, विवादले अदालतमा तनाव

काठमाडौँ– भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक अनौठो र तनावपूर्ण घटना भएको छ। अधिवक्ता राकेश किशोरले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार गरेका छन्। ७१ वर्षका किशोरले अदालतमा सुनुवाइको क्रममा आफ्नो असन्तोष प्रकट गर्दै जुत्ता फ्याँकेका थिए।

घटना बिहान करिब ११ः३५ बजे अदालतको कोठा नम्बर १ मा भएको हो। दिल्ली प्रहरीले किशोरलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। सुरक्षा अधिकारीका अनुसार किशोर मायूर विहारका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य पनि हुन्।

अधिवक्ताले प्रधानन्यायाधीशमाथि जुत्ता फ्याँक्नुलाई मध्यप्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्ति पुनस्र्थापना सम्बन्धी मुद्दामा गवईले गरेका टिप्पणीहरूसँग जोडिएको देखिएको छ। किशोरले यसलाई हिन्दु धर्मको अपमान ठानेका थिए।

यद्यपि जुत्ता प्रहारको बाबजुद गवई शान्त देखिएका थिए र अदालतमा उपस्थित वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरे। उनले भने, ‘यसबाट विचलित नहुनोस्, मलाई पनि फरक पर्दैन।’ घटना पछि उनलाई दिल्ली प्रहरीले ‘जेड प्लस’ सुरक्षा उपलब्ध गराएको छ।

गवईले यसअघि न्यायाधीश के विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा दायर याचिका खारेज गर्दै भनेका थिए, ‘यो त केवल प्रचारको लागि गरिएको मुद्दा हो। जानुहोस् र मूर्तिलाई नै केही गर्न भन्नुस्। तपाईं आफूलाई भगवान् विष्णुको भक्त भन्नुहुन्छ भने प्रार्थना गर्नुहोस्, ध्यान गर्नुहोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट