जेन–जी आन्दोलनमा मारिएका ३९ प्रदर्शनकारीलाई छाती, टाउको र घाँटीमा हानिएको थियो गोली
काठमाडौँ— जेन–जी आन्दोलनका क्रममा मारिएका ३९ जना प्रदर्शनकारीलाई कम्मरमाथि गोली लागेको तथ्य सार्वजनिक भएको छ। फरेन्सिक रिपोर्ट, अस्पतालका चिकित्सक र प्रत्यक्षदर्शीका बयान अनुसार मर्नेहरूलाई छाती, टाउको र घाँटीजस्ता संवेदनशील भागमा गोली लागेको थियो।
त्रिवि शिक्षण अस्पताल, विराटनगर मेडिकल कलेज र नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टअनुसार कम्तीमा ३१ जनाको मृत्यु गोली छातीमाथि लागेको कारण भएको उल्लेख छ। सात जनाको टाउकोमा र एकजनाको घाँटीमा गोली अड्किएको पाइएको छ। चिकित्सकहरूको भनाइमा ‘भीड नियन्त्रण’का लागि लक्षित नीतिगत कारबाहीभन्दा यो ‘हत्या सरहको बल प्रयोग’ थियो।
एक चिकित्सकले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरीको गोली धेरैजसो मृत्युजन्य अङ्गमा हानेको पाईएको छ। कम्मरमुनि गोली चलाएको भए यति ठूलो क्षति हुने थिएन।’
प्रहरी स्रोतका अनुसार गोली चलाउने आदेश सिंहदरबारबाटै आएको आशंका छ। गृह मन्त्रालयले घटना भएको दिन राति ८ बजे मात्र ‘न्यायिक छानबिन’को घोषणा गरेको थियो, तर प्रारम्भिक कारबाही र आदेश दिने अधिकारीबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।
यो घटनालाई ‘राज्यद्वारा युवाको योजनाबद्ध संहार’ भन्दै आलोचना भईरहेको छ। प्रधानमन्त्री सुशीला कार्की समेतले नियुक्ति अघि यो घट्नालाई सामुहिक हत्या भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीले राजिनामा दिएर मात्र सुख नपाउने वताएकी थिईन। उनले दुवै जना कानुनको कट्घरामा उभिनु पर्ने चेतावनी पनि दिएकी थिईन।
मारिएका प्रदर्शनकारीका परिवारहरूले न्याय माग गरिरहेका छन्। मानवअधिकार आयोगले पनि घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
