सिरहामा ४ जना सवार मोटरसाईकल दुर्घट्ना हुँदा १ जनाको मृत्यु, एक जनाको अवस्था गम्भिर
लहान– सिरहाको नरहा गाउँपालिका ३, नयाँ चोहर्वादेखि पश्चिममा ४ जना सवार मोटरसाइकल दुर्घटना दुर्घटना हुँदा शनिवार विहान १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाकुलेका अनुसार आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका २५ वर्षीय सीताराम दासको मृत्यु भएको हो।
४ जना सवार मोटरसाइकल अत्याधिक गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी बाकुलेले जानकारी दिए।
दुर्घटना लगतै प्रहरी २ जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र २ जनालाई भूमिजा अस्पताल पु¥याएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण दासको मृत्यु लाईफलङ्ग अस्पतालले जनाएको छ।
अर्का गम्भीर घाइते मिर्चैया नगरपालिका– २ का बाबुलाल मण्डललाई थप उपचारको लागि विराटनगर पठाइएको छ। अन्य दुई जनाको भूमिजामा उपचार भइरहेको छ।
