मुग्लिनमा ट्रकसँग माइक्रोबस ठोक्किँदा ९ जना घाइते

काठमाण्डौं —चितवनको मुग्लिननजिक माईक्रोबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। काठमाण्डौबाट नवलपरासीको कावासोती जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो।

प्रदेश २–०१–००९४९५ नम्बरको माईक्रोबस पुलनजिक एउटा ट्रकसँग ठोक्किएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिनले चालकसहित ९ जना घाइते भएको र उनीहरूको उद्धार गरेर भरतपुर अस्पतालमा पठाइएको जानकारी दिएको छ।

अन्य विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट