सधैं पर्यटकको रोजाईमा पर्ने सौराहा किन भयो सुनसान ?

चितवन– देशका महत्वपूर्ण पर्यटकीय स्थल मध्ये एक हो– चितवनको सौरहा। सधैं भरिभराउ हुने सौराहा यतिवेला भने सुनसान छ।

पर्यटकलाई सौराहा पुग्नै असज भएपछि यो अवस्था आएको हो। यसको मारमा होटल तथा पर्यटन व्यवसायीहरु परिरहेका छन् ।

बुटवल, पोखरा र काठमाडौंबाट चितवन आउने सडक मार्गमा निर्माणको काम भइरहेको छ । ठेक्का लागेको लामो समय हुँदासमेत बुटवल नारायणगढ सडक विस्तारको काम आधा पनि सकिएको छैन ।

पोखरादेखि मुग्लिनसम्मको सडक विस्तारको काम कछुवाकै गतिमा छ । नागढुंगा मुग्लिन सडकखण्ड विस्तारको काम चलेको १ बर्ष भइसकेको छ । चितवन आउने मुख्य सडक विस्तारका क्रममा ठाउँ ठाउँमा भत्काइएको छ ।

यी सडक भएर यात्रा गर्न कष्टप्रद मात्रै छैन जोखिमपूर्ण पनि बनेको छ । एकातिर आर्थिक मन्दीको प्रभाव र अर्कोतिर सडक विस्तारले चितवन आउन असहज बन्दै जाँदा त्यसको मार यहाँका पर्यटन तथा होटल व्यवसायीहरुलाई पर्न थालेको छ ।

दुई महिना अगाडिसम्म आन्तरिक पर्यटकहरुको उपस्थितिसमेत बाक्लो थियो । तर, अहिले ठप्प भएको होटल ब्यवसायीहरुले वताए।

पर्यटक आउने सिजन सुरु हुँदा पनि सौराहा सुनसान भएको क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरेले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट