पोखरामा हट एयर बेलुन उडान पुनः सुरु

काठमाण्डौं– वर्षाका कारण रोकिएको पोखराको पामेमा सञ्चालित हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।

बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो। एउटा बेलुनबाट सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि दुई वटा बेलुन प्रयोग गर्ने भएको छ ।

करिब ६ हजार फिट माथिसम्म बेलुनमा उडेर माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बेलुनमा एक पटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट